सोमबार, असोज ७ गते २०८१    
images
images

६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

images
आइतबार, भदौ ३१ २०८०
images
images
६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

कार्यालयले पक्राउ परेकामध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय गरेको छ। 

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका २६ जना र फरार सूचीमा रहेका ३ गरी २९ जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

images
images
images

सरकारी वकिल कार्यालयले पक्राउ परेकामध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय गरेको छ। यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। फरार सूचीमा रहेका १५ जनाविरुद्ध थप अनुसन्धान जारी रहने बताइएको छ।

यस प्रकरणको अनुसन्धान गरेको (सीआईबी) ले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। प्रहरीको रायअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाएको हो।

अभियोग पत्रमा चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेङकाइ, दिङ सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र मी तियानलाई प्रतिवादी बनाइएको छ। 

images

यस्तै कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ र रूकमिना सुब्बालाई पनि सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ। 

कलैया उपमहानगर-१ बस्ने भोला साह सोनार र बर्दियाका जीवन चलाउने र सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। ब्रेक शुसहितको सुन १ सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो। सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ।


प्रकाशित : आइतबार, भदौ ३१ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend