सोमबार, असोज ७ गते २०८१    
images
images

अचाक्ली महँगी : मरमसलाको ४६ प्रतिशत र खाद्यान्नको मूल्य १३ प्रतिशतले बढ्यो

images
आइतबार, भदौ ३१ २०८०
images
images
अचाक्ली महँगी : मरमसलाको ४६ प्रतिशत र खाद्यान्नको मूल्य १३ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनाबाटै महँगी बढ्न थालेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ। सरकारले चालु आर्थिक वर्ष मुद्रास्फीति ७ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखेकोमा ७.५२ प्रतिशत पुगको छ।

images
images
images

सरकारले तोकेको सीमाभित्र मूल्यवृद्धि कायम नभएपनि गत आर्थिक वर्षको साउनको तुलनामा भने घटेको छ। अघिल्लो आर्थिक वर्ष उपभोक्तामा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो। 
 
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने मरमसलाको मूल्य सबैभन्दा धेरै ४५.५६ प्रतिशतले बढेको छ। यस्तै खाद्यान्नको १३.२० प्रतिशत, दूध तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले मूल्य बढेको छ।

यस्तै साउनमा घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य १५.१३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ।

images

यस्तै गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले मूल्य बढेको छ। साउनमा यातायात उपसमूहको मूल्य सुचाङ्क भने ०.८१ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा काठमाडौंको उपभोक्तामा आधारित मुद्रास्फीति ८.५० प्रतिशतले बढेको छ। यस्तै तराईको ६.७० प्रतिशत, पहाडको ७.५० र हिमालमा ११.४६ प्रतिशतले मूल्यवृद्धि भएको छ।


प्रकाशित : आइतबार, भदौ ३१ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend