शुक्रबार, असोज १२ गते २०८०    

यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं-पोखरा रात्रिकालीन उडान

images
यती एयरलाइन्सले सुरु गर्‍यो काठमाडौं-पोखरा रात्रिकालीन उडान

पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ।

images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ। यो उडान आजबाट लागु हुनेगरि यतीले तालिकासमेत मिलाएको छ।

images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा भए पनि यतीले भने आजबाट सुरु गरेको हो।

images

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नं. एनवाईटी ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नं. एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

images

'हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समयभन्दा पछाडि पनि उडान संख्या थप हुँदै जानेछ',  प्रवक्ता बर्तौलाले भने। आईएफआर उडान सुरु नहुँदा कहिलेकाहीँ ढिला हुँदा साँझका उडान रद्द हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए।

images

पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ।

images

प्रकाशित : आइतबार, भदौ ३१ २०८००५:२१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ