सोमबार, असोज ७ गते २०८१    
images
images

साउनमा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स, घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

images
आइतबार, भदौ ३१ २०८०
images
images
साउनमा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स, घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने १२.१ प्रतिशतले घटेको छ। यस अवधिमा ३९ हजार १५२ ले श्रम स्वीकृति लिएका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमै १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा यस्तो विप्रेषण २१.५ प्रतिशतले बढेर ८७ करोड ९८ लाख भित्रिएको छ। 

images
images
images

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले बढेर १ अर्ब ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिलो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने १२.१ प्रतिशतले घटेको छ। यस अवधिमा ३९ हजार १५२ ले श्रम स्वीकृति लिएका छन्। 

यस्तै वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिनेको संख्या १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ। अघिल्लो वर्षको सोही अविधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो। 

images

गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा कुल १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।


प्रकाशित : आइतबार, भदौ ३१ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend