आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा, शोधनान्तर बचत ३२ अर्ब ९० करोड 

आइतबार, भदौ ३१ २०८०
साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा, शोधनान्तर बचत ३२ अर्ब ९० करोड 

काठमाडौं- चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ। गत आर्थिक वर्ष करिब ७३ अर्ब र अघिल्लो आर्थिक वर्ष ६ खर्ब २३ अर्बले घाटामा रहेको चालु खाता आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बचतमा रहेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थामा चालुखाता बचतमा रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा चालु खाता १५ अर्ब १३ करोडले घाटामा रहेको थियो।

समीक्षा अविधिमा चालुखाता बचतसँगै शोधनान्तरस्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्ष शोधनान्तरस्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो।

समीक्षा अवधिमा विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा १.२ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड कायम भएको छ। नेपाली मुद्रामा १५ खर्ब ७३ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। यस्तो सञ्चितिले १२.५ महिनाको वस्तु आयात तथा १०.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त हुन्छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नै विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब आएको छ। विप्रेषण आप्राहमा भएको वृद्धि, आयातमा १.६ प्रतिशतको संकुचन र निर्यातमा भएको ८.७ प्रतिशतको गिरावटले चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको हो।


प्रकाशित : आइतबार, भदौ ३१ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend