आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सुधारको संकेत देखिएको सेयर बजारमा साताको पहिलो कारोबार नै राताम्य

आइतबार, भदौ ३१ २०८०
सुधारको संकेत देखिएको सेयर बजारमा साताको पहिलो कारोबार नै राताम्य

काठमाडौं- गएको साता सुधारको संकेत गरेको नेप्से परिसूचक यो साता पहिलो कारोबारमा नै राताम्य भएको छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै संकेतहरू गरिरहेको छ।

आइतबार साताको पहिलो कारोबारमा बजार ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको छ। ११ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ अर्ब २ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। आइतबार शुभम पावर लिमिटेडमा मात्र सकारात्मक सर्किट लागेको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 

गएको साता आइतबार १०.२३ अंकले बढेको बजार सोमबार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको थियो। मंगलबार १९.४२ अंकले घटेर ओरालो लागेको बजार बुधबार पुन: ३९ अंकको वृद्धिसहित उकालो लागेको थियो। बिहीबार कारोबार नभएको सेयर बजारमा यो साता त्यही वृद्धिको साथ मिल्न सकेन। 


प्रकाशित : आइतबार, भदौ ३१ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend