आइतबार, मंसिर ९ गते २०८१    
images
images

प्राइम बैंकले निक्षेपको ब्याज ११.३५८ प्रतिशत तोक्दा हिमालयन, नबिल र एभरेष्टले ११.०५४ प्रतिशत दिने, अन्यको कति?

images
आइतबार, भदौ ३१ २०८०
images
images
प्राइम बैंकले निक्षेपको ब्याज ११.३५८ प्रतिशत तोक्दा हिमालयन, नबिल र एभरेष्टले  ११.०५४ प्रतिशत दिने, अन्यको कति?

असोज महिनाका लागि सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले बढाएको छ। भदौमा साधारण मुद्दतीको ब्याजदर १०.५० प्रतिशत तोकेको यस बैंकले असोजका लागि ३ महिनाभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ११.३५८ प्रतिशत कायम गरेको छ।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले निक्षेपको आवश्यकता अनुसार ब्याजदर निर्धारण गरेका छन्। केही बैंकहरुले अल्पकालीन अवधिको मुद्दतीको ब्याजदर घटाएका छन् भने बढी अवधिको मुद्दतीको ब्याजदर बढाएका छन्। प्राइम कर्सियल बैंकले सबैभन्दा मुद्दती निक्षेपको ब्याजदर ११.३५८ प्रतिशत पुर्‍याएको छ। हिमालयन बैंक, एभरेष्ट बैंक र नबिल बैंकले समान ११.०५४ प्रतिशतसम्म मुद्दतीको ब्याजदर पुर्‍याएका छन्।

images
images
images

कर्जा निक्षेप अनुपातमा दबाब भएका बैंकहरु निक्षेपको ब्याजदर बढाएर संस्थागत निक्षेप धान्ने प्रयासमा छन्। यस्तै, केही बैंकहरुले संस्थागत मुद्दतीको नवीकरण गर्नका लागि पनि ब्याजदर बढाएका छन्। सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन। यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले पनि मुद्दतीको ब्याजदर घटाएको छ। भदौ महिनामा अधिकतम ब्याजदर कायम गरेका सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुले यस पटक ब्याजदर घटाएका छन्।

images

कुन बैंकको ब्याजदर कति?

images

नबिल बैंकले भदौ महिनाको तुलनामा असोज महिनाका लागि ३ महिनादेखि १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौ महिनामा सबै अवधिको मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत तोकेको नबिलले असोजका लागि ३ महिनादेखि ६ महिनासम्म मुद्दती निक्षेपको ब्याजदर १०.०५४ र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर १०.५५४ प्रतिशत कायम गरेको छ। १ वर्षभन्दा बढी अवधिको निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेको छ। १ वर्षसम्मको संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.५५४ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको रेमिट्यान्स मुद्दतीको ब्याजदर १२.०५४ प्रतिशत ब्याजदर कायम गरिएको छ।

प्रभु बैंकले भदौ महिनाकै ब्याजदरलाई असोज महिनामा निरन्तरता दिएको छ। बैंकले असोजमा पनि सबै प्रकारको मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने घोषणा गरेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत तोकेको यस बैंकले रेमिट्यान्स बचतको ब्याजदर ११ प्रतिशतमा अडिग रहेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले १ वर्ष अवधिसम्म र सो अवधिभन्दा बढी समयको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने ३ महिना अवधिको ब्याजदर भने बढाएको छ। भदौ महिनाका लागि ३ महिना अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ७.९२ प्रतिशत कायम गरेको यस बैंकले १ वर्षसम्म वा सोभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ८.९२ प्रतिशत कायम गरेको छ।

रेमिट्यान्स मुद्दती बचतमा यस बैंकले ९.९२ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। असोज महिनाका लागि यस बैंकले ९.९२ प्रतिशत, ३ महिनादेखि ६ वर्ष अवधिको ७.७९ प्रतिशत र १ वर्ष अवधिको मुद्दती ब्याजदर ७.७९ प्रतिशत ब्याजदर तोकेको छ। यस्तै संस्थगत मुद्दती निक्षेपको ब्याजदर ३ महिना अवधिसम्मको ब्याजदर ५.२९ प्रतिशत र १ वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ।

एनएमबि बैंकले ३ महिने मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको ब्याजदर घटाएको छ। ६ महिनादेखि ९ महिना अवधिको मुद्दतीको ब्याजदर ८.२५ प्रतिशत र ९ महिनादेखि १ वर्ष अवधिको ब्याजदर ८.७५ प्रतिशत तोकेको छ। यस बैंकले १ वर्षदेखि १० वर्ष अविधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। यस्तै सबै प्रकारका संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तोकेको छ।

माछापुच्छ्रे बैंकले भदौ महिनाको ब्याजदरलाई यो महिना पनि निरन्तरता दिएको छ। यस बैंकले ३ महिनादेखि ६ महिनासम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर  ब्याजदर ९ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ९.४९ र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। 

नेपाल एसबिआई बैंकले पनि १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाए पनि १ वर्ष वा १ वर्षभन्दा कम अवधिको निक्षेपको ब्याजदर बढाएको छैन। १ वर्षदेखि २ वर्ष अवधिको मुद्दतीको ब्याजदर ९.१० प्रतिशत कायम गरेको यस बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दतीको ब्याजदर ६.२० प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीको ब्याजदर ७.२० प्रतिशतलाई निरन्तरता दिएको छ। संस्थागत निक्षेपको ब्याजदर साधारण मुद्दती निक्षेपको तुलनामा २ प्रतिशत बिन्दुले काम निर्धारण गरिएको छ।

हिमालयन बैंकले भने भदौ महिनाको तुलनामा १० प्रतिशतले ब्याजदर बढाएको छ। असोज महिनाका लागि यस बैंकले सबै प्रकारको मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेको छ। यस बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०५४ प्रतिशत कायम गरेको छ।

भदौ महिनामा ९.९९ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर तोकेको लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि सबै प्रकारका साधारण मुद्दतीको ब्याजदर १० प्रतिशत पुर्‍याएको छ। संस्थात मुद्दतीको ब्याजदर ८ प्रतिशत तोकेको बैंकले रेमिट्यान्स बचतमा ११ प्रतिशत ब्याजदर घोषणा गरेको छ।

एभरेष्ट बैंकले पनि भदौ महिनाको तुलनमा ब्याजदर बढाएको छ। ३ महिनाभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर हिमालयन बैंक समान ११.०५४ प्रतिशत कायम गरेको छ। संस्थागत मुद्दतीको ब्याजदर ९.०५४ प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौमा ९.९९ प्रतिशत मुद्दतीको ब्याजदर कायम गरेको यस बैंकले ९.५० प्रतिशतमा झारेको छ। यस्तै साधारण मुद्दतीको ब्याजदर घटेकाले संस्थागत मुद्दतीको ब्याजदर पनि ७.५० प्रतिशत कायम भएको छ।

भदौ महिनामा १०.८९६ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर तोकेको नेपाल बैंक लिमिटेडले असोज महिनाका लागि घटाएर ९.२९३ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.२९३ प्रतिशत कायम गरेको यस बैंकले रेमिट मुद्दती बचतमा १०.२९३ प्रतिशत ब्याजदर दिने भएको छ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले पनि असोज महिनाका लागि ब्याजदर बढाएको छ। यस बैंकले ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत, ३ महिनाभन्दा बढी ६ महिनासम्मका लागि १०.५ प्रतिशत र १ वर्षभन्दा बढी मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत कायम गरेको छ। यस बैंकले रेमिट बचतको ब्याजदर १२.०३ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ९.०३ प्रतिशत तोकेको छ।

ग्लोबल आइएमई बैंकले भदौमा सबै प्रकारको साधारण मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत कायम गरेकोमा असोज महिनामा घटाएको छ। असोजका लागि ३ महिनाभन्दा बढी अवधिको साधारण मुद्दतीको ब्याजदर १०.५ प्रतिशत कायम गरेको बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.५ प्रतिशत र रेमिट मुद्दतीको ब्याजदर ११.५ प्रतिशत कायम गरेको छ।

असोज महिनाका लागि सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले बढाएको छ। भदौमा साधारण मुद्दतीको ब्याजदर १०.५० प्रतिशत तोकेको यस बैंकले असोजका लागि ३ महिनाभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर ११.३५८ प्रतिशत कायम गरेको छ।यस्तै यस बैंकले संस्थागत मुद्दतीको ब्याजदर ९.३५८ प्रतिशत तोकेको छ भने रेमिट मुद्दतीको ब्याजदर १२.५० प्रतिशत कायम गरेको छ।

सिदार्थ बैंकले असोजका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। ३ महिनाभन्दा बढी अवधिका सम्पूर्ण साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेको छ। साधारण मुद्दती निक्षेपको ब्याजदर घटेकाले संस्थागत मुद्दती निक्षेप र रेमिट बचतको पनि ब्याजदर घटेको छ। रेमिट बचतको ब्याजदर अन्य मुद्दती ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले बढी कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थानुसार बैंकले यस रेमिट मुद्दती बचतमा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ। यस्तै संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत कायम गरेको छ।

यस्तै सिटिजन्स बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। भदौमा १०.८९६ प्रतिशत ब्याजदर कामय गरेको यस बैंकले सधारण मुद्दतीको ब्याजदर अधिकतम १०.०५ प्रतिशत तोकेको छ। यस बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.०५ प्रतिशत कायम गरेको छ।

यस्तै कुमारी बैंकले पनि ब्याजदर घटाएको छ। भदौ महिनामा साधारण मुद्दतीको ब्याजदर १०.८९६ प्रतिशत  तोकेको यस बैंकले असोजमा १०.११ प्रतिशत कायम गरेको छ। यस बैंकले संस्थागत मुद्दतीको ब्याजदर ८.११ प्रतिशत कायम गरेको छ।


प्रकाशित : आइतबार, भदौ ३१ २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend