शुक्रबार, असोज ४ गते २०८१    
images
images

सुरु भयो ई-पासपार्ट, शताब्दी पुरुष सत्यमोनहको नाममा पहिलो ई-पासपोर्ट

images
बुधबार, मंसिर १ २०७८
images
images
सुरु भयो ई-पासपार्ट, शताब्दी पुरुष सत्यमोनहको नाममा पहिलो ई-पासपोर्ट

विभागले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण ई-पासपोर्ट हस्तान्तरण गरेको थिए।

images
images

काठमाडौं- राहदानी विभाग आजबाट ई-पासपोर्ट जारी सुरु गरेको छ। विभागले  शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण ई-पासपोर्ट दिएको हो। विभागले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण ई-पासपोर्ट हस्तान्तरण गरेको थिए।

images
images
images

पासपोर्ट लिँदै जोशीले  खुसी व्यक्त गर्दै शुभकामना समेत दिएका छन्। नेपालले हस्तलिखित पासपोर्टका विस्थापनसँगै एमआरपी पासपोर्ट जारी गर्दै आएको थियो। अब ई-पासपोर्टको युग सुरु भएको मन्त्री खड्काले बताए।

satyamohon joshi.jpg

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। सोही कार्यक्रममा विभागका महानिर्देशक डोरनाथ अर्यालले पनि हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताए।

पहिलो चरणमा राहदानी विभागले मात्रै ई-पासपोर्ट जारी गर्ने भएको छ। विभागबाट जारी भएको पासपोर्ट परीक्षण पछि क्रमिक रुपमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट जारी गर्न सुरु गरिने  भएको

images

विभागले अहिले एमआरपी पासपोर्ट वितरण गरेजस्तै दैनिक ५ हजार ई-पासपोर्ट सुरुवाती चरणमा जारी गर्न नसक्ने जनाएको छ। विभागका अनुसार सुरुवाती चरणमा दैनिक ५०, १००, २०० हुँदै बढ्दै जाने छ।

विभागसँग अहिले १ लाख ७० हजार एमआपी पासपोर्ट रहेको र यो पासपोर्ट पनि वितरण हुने जनाएको छ। १ लाख ७० हजार एमआपी जारी भएपछि थप छपाई हुने छैन।

अहिले एमआरपी पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालको सिफारिस चाहिन्छ। तर ई-पासपोर्टका लागि सिफारिस आवश्यक पदैन। ई(पासपोर्ट बनाउनका लागि  राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ।

अहिले पासपोर्ट बनाउनका लागि कि त सीडीयो कार्यालयमा आवेदन  दिनु पछि कि त जिल्लाबाट सिफारिस लिएर विभागबाट पासपोर्टका लागि आवेदन दिनु पर्छ। तर अब पासपोर्ट बनाउका लागि सिफारिस चाहिँदैन।

ई-पासपोर्ट कसरी बनाउने

ई(पासपोर्ट बनानउका लागि सबैभन्दा पहिले राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने छ। राष्ट्रिय परिचय पत्र बनेपछि राहदानीका लागि अनलाईन आवदेन दिनु पर्ने व्यवस्था गरिएको छ। अनलाईन आवदेन दिँदा राष्ट्रिय परिचय पत्र नम्बर राखेर विवरण भर्नु पर्दछ।

सबै विवरण भरेर पेस गरेपछि अनलाईनबाट एउटा क्युआर कोर्ड सहितका पेपेर प्रिन्ट गर्नु पर्छ। विवरण पेस भएपछि एउटा कोड नम्बर र सम्पर्क गर्ने मिति आउँछ। सोही आधारमा सम्बन्धित कार्यालयमा गई आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने आरन बताउँछन्। ई-पासपोर्टमा परिचय पत्रमा प्रयोग भएको बायोमेट्रिक विवरण प्रयोग हुनेछ।

यसबाट पासपोर्ट लिन अहिले जसरी सेवाग्राहीले सास्ती भोग्न परेको छ त्यो पनि अन्त्य हुने आरन बताउँछन्। राहदानीको लागत भने अहिले एमआरपी लिँदा जति लाग्छ त्यति नै लाग्ने उनको भनाई छ।

राहदानी विभागले २० लाख थान ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आईडिईएमआईए आईडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिएको थियो।

कम्पनीले सम्झौता अनुसार पहिलो लटमा दिनु पर्ने ई-पासपोर्ट दिईसकेको छ। विभागले छुटसहित २ करोड ११ लाख डलरमा २० लाख थान ई-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गरेको हो। सम्झौता १३ महिनामा कम्पनीले नेपालाई पासपोर्ट दिनुपर्ने हुन्छ।

ई-पासपोर्टमा ६४ पेज

ई(पासपोर्टमा ६४ पेज रहनेछ। ई-पासपोर्टको ६४ पेज रहेन चित्र सरकारले निर्णय गरिसकेको छ। मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन्।

पेज नम्बर १ मा सगरमाथा, २ मा पोलिकार्बोनेट डाटा पेज, ३ मा लुम्बिनी, ४ र ५ मा राष्ट्रपति भवन, ६ र ७ मा  एकसिंगे गैँडा तथा ८ र ९ मा चाँगुनारायण मन्दिर रहने छ। यसैगरी पेज नम्बर १० र ११ मा ईलामको चिया बगान, १२ र १३ मा लालीगुँरास, १४ र १५ मा पशुपतिनाथ मन्दिर, १६ र १७ मा मिथिला आर्ट, १८ र १९ मा धान रोपाईँको तस्बिर, २० र २१ मा कुमारी र २२ र २३ मा माथिल्लो मुस्ताङको तस्बिर रहनेछ।

यसैगरी २४ र २५ मा बाघ, २६ र २७ मा जुम्लाको सिंजा उपत्यका, २८ र २९ देशय् मरू झ्या, ३० र ३१ मा जानकी मन्दिर, ३२ र ३३ मा करुवा, ३४ र ३५ मा हात्ती, ३६ र ३७ मा रानीपोखरी, ३८ र ३९ मा हनुमानढोका र ४० र ४१ मा धरहराको तस्बिर रहने छ।

यसैगरी पेज नम्बर ४२ मा ४३ मा भुर्तिका देवल, ४४ र ४५ मा पाटन दरबार स्क्वायर, ४६ र ४७ मा पुतली, ४८ र ४९ मा बौद्धनाथ, ५० र ५१ मा भक्तपुर दरबार स्क्वायर, ५२ र ५३ मा महाकाली पुल र ५४ र ५५ मा कृष्णसारको तस्बिर रहनेछ।

यसैगरी पेज नम्बर ५६ र ५७ मा ट्रेकिङ ९सगरमाथाको लुबुचे जाने क्षेत्र०, ५८ र ५९ मा रानीमहल, ६० र ६१ मा रारा ताल, ६२ र ६३ मा माथिल्लो तामाकोशी र पेज नम्बर ६४ मा सिंहदरबारको तस्बिर रहने छ। यस्तै, ५ वटा तस्बिरलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ।

विभागले सात किसिमका ई-पासपोर्ट जारी गर्ने तयारी गरेको छ। हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने विभागका निर्देशक शरदराज आरनले जानकारी दिए। सात किसिमका ई-पासपोर्ट हुने समेत विभागले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर १ २०७८११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend