आइतबार, मंसिर ९ गते २०८१    
images
images

दुई वर्षपछि ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एसिया बैंकको यस्तो छ लाभांश इतिहास

images
शुक्रबार, भदौ २९ २०८०
images
images
दुई वर्षपछि ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एसिया बैंकको यस्तो छ लाभांश इतिहास
images
images

काठमाडौं- एनआईसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गएको वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

images
images
images

बैंकले विगत २ वर्षसम्म लगानीकर्तालाई लाभांश वितरण गरेको थिएन। विगत दुई आर्थिक वर्षहरूमा न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो।

images

गत आर्थिक वर्ष बैंकले ४ अर्ब ६५ करोड नाफा गरेको थियो। नाफा नोक्सान बाँडफाँट हिसाब खातामा राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार जेगडा कोषमाहरूमा रकम जम्मा गरेपछि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। वितरणयोग्य नाफामध्ये १७ करोड रुपैयाँ सञ्चिति कोषमा राखेर बाँकी ३ अर्ब ५३ करोड ६४ हजार रुपैयाँ लाभांशका लागि प्रस्ताव गरेको छ।

images

यस बैंकले आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले २० प्रतिशत लाभांश दिएको थियो। यस्तै आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ४१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो।

 

 


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend