आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सानिमा बैंकले गर्‍यो १४.७ प्रतिशत लाभांश प्रस्ताव 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २८ २०८०
सानिमा बैंकले गर्‍यो १४.७ प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

राष्ट्र बैंकले लाभांश वितरणका लागि प्रारम्भिक अनुमति दिएपछि बैंकको साधारण सभाले ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समिति बैंठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

बैंकको लाभांश वितरण प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको सञ्चालक समितिले लाभांश पारित गर्नेछ। लाभांश स्वीकृत गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्छन्। अघिल्लो आर्थिक वर्ष यस बैंकले १०.९८ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : बिहीबार , भदौ २८ २०८०१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend