शनिबार, मंसिर ८ गते २०८१    
images
images

देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिमा ३ अर्ब ९२ करोड, कुन विमानस्थलका लागि कति बजेट?

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रहेको पालुङटार विमानस्थलका लागि ४ करोड ४२ लाख

images
बिहीबार , भदौ २८ २०८०
images
images
देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिमा ३ अर्ब ९२ करोड, कुन विमानस्थलका लागि कति बजेट?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत देशभरको विमानस्थल स्तरोन्नति र विस्तारमा ३ अर्ब ९२ करोड रुपैयाँ रकम विनियोजन गरेको छ।

images
images
images

प्राधिकरणले विमानस्थलमा रन-वे, ट्याक्सी-वे तथा एप्रोन निर्माणमा ९६ करोड ७३ लाख रुपैयाँ र विमानस्थलहरूमा निर्माण हुने भवन निर्माणका लागि २ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ। समग्रमा प्राधिकरणले भवन निर्माण रन-वे, ट्याक्सी-वे तथा एप्रोन निर्माणमा ३ अर्ब ९२ करोड रुपैयाँ छुट्याएको छ।

images

प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब ८८ करोड कमाउने लक्ष्यसहित ३६ अर्ब ६६ करोड रुपैयाँ बजेट ल्याएको थियो। प्राधिकरणले १९ अर्ब ३ करोड रुपैयाँ भने पुँजीगत खर्चका लागि छुट्याएको छ। सोही रकमबाट प्राधिकरणले देशभर सञ्चालनमा रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती तथा विकासको काम अगाडि बढाउँदै छ।

images

प्राधिकरणले ३५ वटा आन्तरिक विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन निर्माणका लागि ९६ करोड ७३ लाख ३७ हजार ९ सय ६४ रुपैयाँ छुट्याएको छ। प्राधिकरणले एरोड्रोम इन्जिनियरिङ विभागअन्तर्गत  रन-वे, ट्याक्सी-वे तथा एप्रोन निर्माणका लागि रकम विनियोजन गरेको छ।

कुन विमानस्थललाई कति?

प्राधिकरणले १६ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको विराटनगर विमानस्थलमा धावन मार्ग विस्तार, ट्याक्सी वे सुधार ( बहुवर्षीय आयोजना) का लागि १० करोड रुपैयाँ विनियोजना गरेको छ।

यसैगरी धनगढी विमानस्थलमा पार्किङ स्थल र पहुँच मार्ग निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजना गरेको छ। यो काममा लागि १ करोड १८ लाख ८९ हजारमा ठेक्का सम्झौता भइसकेको छ।

रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणको लागि ४ करोड ४४ लाख रुपैयाँ छुटाइएको छ। यो काममा लागि २२ करोड २५ लाख रुपैयाँ ठेक्का सम्झौता भइसकेको छ।

यसैगरी कमलबजार विमानस्थल सुदृढीकरणका कार्यका लागि २० लाख रुपैयाँ र बाजुरा र रारा विमानस्थलमा स्लरी सिल तथा मार्किङ सम्बन्धीकामका लागि १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

तुम्लिङटार विमानस्थलको जग्गा विकास कार्यक्रमका लागि ३५ लाख,दार्जुला गोकुलेश्वर विमानस्थल विकासका लागि ७४ लाख, इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा चेनलिंक फेन्सिश्र तथा पहुँच मार्ग निर्माणका लागि १ करोड रुपैयाँ र जुफाल विमानस्थलको धावन मार्ग स्तरोन्नति तथा अन्य कामका लागि १ करोड ४४ लाख रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डको गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको पालुङटार विमानस्थल स्तरोन्नति तथा विकासका लागि ४ करोड ४२ लाख रुपैयाँ विनियोजना गरिएको छ।

महेन्द्रनगर विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन तथा अन्य काममा लागि ९ करोड ७६ लाख रुपैयाँ प्राधिकरणले छुट्याएको छ। यो काममा लागि ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भइसकेको छ।

प्राधिकरणले (भेरिगंगा विमानस्थल) रामघाट, सुर्खेत प्रादेशिक विमानस्थल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ र अर्घाखाँची विमानस्थलका लागि १ करोड रुपैयाँ छुट्याएको छ।

यसैगरी रनवे स्तरोन्नतिलगायतका कामकै लागि प्राधिकरणले अर्घाखाँचीको अर्घावती विमानस्थलका लागि ८ करोड, बझाङ विमानस्थलमा चेनलिंक फेसिंग निर्माणका लागि १ करोड २० लाख, मेघौली विमानस्थल स्तरोन्नतिका लागि १ करोड ९ लाख, रुकुम चौरजहारी विमानस्थल स्तरोन्नतिका लागि २२ करोड १२ लाख, फाप्लु विमानस्थलमा चेनलिंक फेसिंग कार्यको बाँकी भुक्तानीका लागि ८ लाख ८० हजार, उदयपुरमा निर्माण हुने सगरमाथ विमानस्थल निर्माणका लागि ३ करोड र सिमिकोट विमानस्थलमा एप्रोन विस्तार कार्यका लागि ६ करोड रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्राधिकरणले चालु आवको बजेटमा दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ५० लाख, राजविराज विमानस्थल चेनलिंक फेसिंङ निर्माणका लागि ६० लाख, जोमसोम विमानस्थलमा फेसिंग, ल्याण्ड साइट र रनवे मर्मतका लागि १ करोड र भोजपुर विमानस्थलमा माटो कटानी, फेसिंग, ड्रेनेज तथा अन्य काममा लागि ३० लाख रुपैयाँ छुट्याएको छ।

यसैगरी कालिकोट विमानस्थलमा ड्रेन, रिटेनिङ बाल तथा रनवे सुधारका लागि ३० लाख, रुकुमको सल्ले, तुम्लिङटार तथा भरतपुर विमानस्थलमा चेन लिंक फेसिंग निर्माणका लागि ३ करोड, साँफेबगर विमानस्थल सुधारका लागि ३० लाख, चन्द्रगढी विमानस्थलको डीभीओआर र डीएमई साइट सम्म पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि २ लाख र प्राधिकरणको भवनमा फाइर बिलिडिङ, शौचालय तथा सुरक्षा गार्ड बस्ने ठाउँ निर्माणका लागि ६० लाख रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

यसैगरी जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख, फ्युल ट्यांकर र फाइर ट्रक पहुच रोड तथा अन्य काममा लागि ६० लाख, सिमरा विमानस्थलमा ट्याक्सी वे ओभरले, चेनलिंक फेसिंग तथा अन्य कामका लागि ५ करोड ४४ लाख र साँफेबगर नागरिक उड्डयन प्राधिकरणको आगमन तथा प्रस्थान कक्षदेखि एप्रोनसम्म जाने सडक निर्माणका लागि ७ लाख ७५ हजार रुपैयाँ बजेट मार्फत प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्राधिकरणले धनगढी विमानस्थलमा पुहुँच रोड, ओभरहेड पानी टंयाकी, सुरक्षा चेक पोस्ट, फायर वाच टावर लागतयका काम गर्न ५० लाख र चन्द्रगढी विमानस्थलमा पहुँच रोड, फाइर भेकल, टर्निङ प्याड लगायतका कामका लागि पनि १५ लाख रुपैयाँ विनियोजना गरेको छ।

आन्तरिक विमानस्थलहरूमा भवन निर्माणमा २ अर्ब ९४ करोड

प्राधिकरणले देशभर रहेका आन्तरिक विमानस्थमामा रहेका भवन स्तरोन्नति तथा निर्माणका लागि २ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ। जसमा विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ कार्यालय भवन तथा कन्ट्रोल टावर निर्माण कार्यालयका लागि समान ४४ लाख २४ हजार रुपैयाँको दरमा बजेट विनियोजन भएको छ।

यसैगरी सिमरा विमानस्थलमा कन्ट्रोल टवा तथा अफिस भवन निर्माणका लागि २ करोड ४० लाख, दाङ विमानस्थलमा टावर निर्माण तथा अन्य सम्बन्धित कार्यका लागि २८ लाख, विराटनगर विमानस्थलमा कमर्सियल भवन निर्माण कार्यका लागि ७५ लाख र सिनामंगलको नयाँ कार्यालय भवनको बाँकी भुक्तानी बाँकी र अन्य आवश्यक काममा लागि १४ करोड रुपैयाँ प्राधिकरणले विनियोजना गरेको छ।

यसैगरी धनगढी विमानस्थलको टर्मिनल भवन रिकन्फिग्रेसन, विमानस्थल गेटको फाउन्डेसन निर्माण, चमेना गृह तथा हल निर्माणका लागि २० लाख र बहरमहलको पुरानो अफिस रहेको ठाउँमा  कमर्सियल भवन निर्माणको लागि १ करोड, तुम्लिङटार विमानस्थलमा आगमन तथा प्रस्थान यात्रु कक्ष निर्माणका लागि ३० लाख, सुर्खेत विमानस्थलमा फाइर वाच टावर लगायतको संरचना निर्माणका लागि १ करोड र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ४४ करोड ४२ लाख  रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

प्राधिकरणको नयाँ अफिस भवनको साइट क्लियर, बगैँचा, मेन गेट लगायतका कामको लागि १ करोड ५० लाख र क्यान्टिन तथा यात्रु प्रतिक्षालय रुप निर्माणका लागि २० लाख रुपैयाँ रकम विनियोजना गरेको छ। साथै प्राधिकरणले नलिनचोकमा निर्माण भइरहेको हेलिपोर्ट स्थलमा यात्रु तथा सुरक्षाका लागि निर्माण हुने संरचनाका लागि ५० यसैगरी भरतपुर विमानस्थल स्तरोन्नित तथा विस्तार र नयाँ टर्मिनल भवन निर्माणका लागि ४४ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी रारा विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ६ करोड ५५ लाख, नलिन्चोक हेलिपोर्टमा नयाँ टर्मिनल भवन निर्माणका लागि १ करोड, भोजपुर विमानस्थलमा नयाँ टर्मिनल तथा टावर भवन निर्माणका लागि ५ करोड ४४ लाख, नेपाल विमानस्थल नयाँ टर्मिनल टावर भवन निर्माणका लागि ६२ करोड ६५ लाख र  खिजी चण्डेश्वरी विमानस्थलमा प्रिफ्याब भवन निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले डोटी विमानस्थलमा टर्मिनल टावर भवन निर्माणका लागि २ करोड ५० लाख, डोल्पा विमानस्थलमामा ठावर तथा टर्मिनल भवन निर्माणका लागि ५० लाख, साँफेबगर विमानस्थलमा चेकपोस्ट निर्माणका लागि १० लाख रुपैयाँ र बझांग विमानस्थलमा सेक्युरिटी क्वाटर निर्माणका लागि १ करोड १० लाख रुपैयाँ विनियोजना गरेको छ।

यसैगरी प्राधिकरणले फाप्लु नागरिक उड्डयन प्राधिकरण कार्यालयमा शौचालय तथा अन्य निर्माणका लागि १५ लाख र सिमिकोट विमानस्थल हेलिप्याडको लागि प्यासेन्ज सिड, गेट तथा अन्य निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजना गरेको छ।


प्रकाशित : बिहीबार , भदौ २८ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend