आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एभरेष्ट बैंकले घोषणा गर्‍यो २०.५३ प्रतिशत लाभांश 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २७ २०८०
एभरेष्ट बैंकले घोषणा गर्‍यो २०.५३ प्रतिशत लाभांश 

काठमाडौं- एभरेष्ट बैंकले गएको वर्षको नाफाबाट २०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको ३५७ औँ सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

गत आर्थिक वर्षको खुद मुनाफाबाट यस बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता भएपनि २०.५३ प्रतिशत मात्रै लाभांश गर्ने निर्णय संचालक समितिले गरेको छ।

एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड खुद नाफा गरेपनि अघिल्लो आर्थिक वर्षको संञ्चिति रहेकाले ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा थियो। यस हिसाबमा एभरेष्ट बैंकको ४०.५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको थियो। राष्ट्र बैंकले लाभांश वितरणका लागि प्रारम्भिक सहमति दिएपछि संचालक समितिले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

यस बैंकले अघिल्लो आर्थिक वर्ष २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा नगद लाभांश ७.६८ प्रतिशत र बोनस सेयर १३ प्रतिशत रहेको थियो।


प्रकाशित : बुधबार, भदौ २७ २०८०१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend