आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एक दिनको गिरावटपछि सेयर बजार पुनः वृद्धितर्फ, ३९ अंकले बढ्दा एक अर्ब ४९ करोडको कारोबार

बुधबार, भदौ २७ २०८०
एक दिनको गिरावटपछि सेयर बजार पुनः वृद्धितर्फ, ३९ अंकले बढ्दा एक अर्ब ४९ करोडको कारोबार

बुधबार ३९.४८ अंकले बढेर बजार २००७.०६ बिन्दुमा पुग्दा एक अर्ब ४९ करोड ५५ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साता दुई कारोबारमा बढेर एक दिन घटेको सेयर बजार बुधबार पुन: वृद्धितर्फ लागेको छ। 

पहिलो कारोबारमै आइतबार १०.२३ अंकको वृद्धि देखिएको बजारमा सोमबार पनि हरियाली छाएको थियो। मंगलबार भने १९.४२ अंकले घटेर ओरालो लागेको बजार बुधबार पुन: ३९ अंकको वृद्धिसहित उकालो लागेको हो।

बुधबार ३९.४८ अंकले बढेर बजार २००७.०६ बिन्दुमा पुग्दा एक अर्ब ४९ करोड ५५ लाख रूपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो।

आइतबार देखिएको १०.२३ अंकको वृद्धिलाई साथ मिल्ने गरी सोमबार पनि बजारमा हरियाली देखिएको थियो। 

आइतबार १०.२३ अंकको वृद्धिसहित बजार १९४२.६८ बिन्दुमा पुगेको बजार सोमबार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको थियो। सोमबार बजारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो भने मंगलबार १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा पुगेको बजारमा एक अर्ब १३ करोड ५० लाख ५७ हजार रूपैयाँको कारोबार भएको थियो

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजी बजारमा ढुक्क भएर लगानी गर्न सक्नेगरी लगानीकर्तामैत्री नदेखिएको विश्लेषकहरू बताउँछन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

सुधारको संकेत गरेको बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।


प्रकाशित : बुधबार, भदौ २७ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend