बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

images
बुधबार, भदौ २७ २०८०
images
images
कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन्। ती घर सबैको अभिलेखीकरण गरिने छ।

images
images

चितवन- माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।

images
images
images

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो। यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिए।

images

ऐलानी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताए। उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो। उनले भने, 'साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पुर्‍याइएको थियो। सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो।'

images
images
images

नगरपालिकाको राजस्व संकलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए।

खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि पाँच सय रूपैयाँ तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि एक हजार रूपैयाँ राजस्व लिइ कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए।

पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ। अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपद् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ। माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन्। ती घर सबैको अभिलेखीकरण गरिने छ। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend