आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करी प्रकरण : ३ अर्ब ५० करोड बिगो कायम गरी मुद्दा दायर गरिँदै, थप ३ सय किलोभन्दा बढी सुन ल्याएको भन्दै अनुसन्धान

images
बुधबार, भदौ २७ २०८०
images
images
सुन तस्करी प्रकरण :  ३ अर्ब ५० करोड बिगो कायम गरी मुद्दा दायर गरिँदै, थप ३ सय किलोभन्दा बढी सुन ल्याएको भन्दै अनुसन्धान

सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्षसमेत निकालेको छ। अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको सीआईबीले जनाएको छ। 

images
images

काठमाडौं- हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गर्न सुझाएको छ। जसमा ५० जनालाई प्रतिवादी बनाइएको छ। 

images
images
images

मंगलबार प्रतिवेदन तयार पारेको सीआईबीले आज बुधबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने बताउँदै पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिएकी हुन्।

त्यसरी तस्कर गरेर विभिन्न सात कम्पनीमार्फत सुन आएको देखिएको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार ६० किलो ७ सय १६ ग्राम सुनबाहेक पनि चिनियाँ समूहले थप ३ सय २ किलो सुन तस्करी गरेको देखिएको छ। अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको सीआईबीले जनाएको छ। 

आरोपीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी गरेको पनि उनले बताइन्। उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन्। स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

images

संगठित अपराध कसुरमा म्याद थप गरेर सीआईबीले घटनाको अनुसन्धान गरेको थियो। उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ। यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो। ब्रेक शुसहितको सुन १ सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो। सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ। 


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend