काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार हुने भएकाले देशभर बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जसअनुसार गृहले बिहीबार अन्तिम संस्कार हुने भएकाले बिदा दिने निर्णय गरेको हो।
बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ।