आइतबार, असोज ६ गते २०८१    
images
images

पश्चिमा मुलुकहरूले भनेजस्तो अर्थतन्त्रमा समस्या नरहेको चिनियाँ प्रतिक्रिया 

images
बुधबार, भदौ २७ २०८०
images
images
पश्चिमा मुलुकहरूले भनेजस्तो अर्थतन्त्रमा समस्या नरहेको चिनियाँ प्रतिक्रिया 

चिनियाँ अर्थतन्त्रको विस्तार धिमा हुनुमा जनसांख्यिक कारण पनि रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ। तर चीन सरकारले अर्थतन्त्रमा आएको समस्यालाई अस्वीकार गरिदिएको छ। 

images
images

काठमाडौ- पश्चिमा मुलुक तथा मिडियाहरूले चित्रण गरेजस्तो अर्थतन्त्र नरहेको चिनियाँ सरकारले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयले चिनियाँ अर्थतन्त्र कोल्याप्स हुन लागेको पश्चितमा चित्रण सही नभएको उल्लेख गरेको छ। 

images
images
images

पश्चिमा मुलुकका राष्ट्र प्रमुख तथा केन्द्रीय बैंकका प्रमुखहरूले चिनयाँ अर्थतन्त्रमा समस्या देखिन थालेको चेतावनी दिँदै आएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा आर्थिक संकटको अवस्था भउको बताएका थिए। त्यस्तै अष्ट्रेलियका अर्थमन्त्री जीम चाल्मेर्सले पनि चिनियाँ अर्थतन्त्रमा समस्या आइरहेको बताएका थिए। 

‘एउटा कथन बनिरहेको छ कि चिनियाँ अर्थतन्त्रमा समस्या रहेको छ भनेर, अझ कोल्याप्स नै भयो भनेर,’ चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता माओ निङले भनेकी कसैलाई उल्लेख नगर्दै  भनेकी छन्,’तथ्य त के हो भने चिनियाँ अर्थतन्त्र कोल्याप्स भएको छैन।’

images

चिनियाँ अर्थतन्त्रले वृद्धिको गती लिनसक्ने पर्याप्त आधार रहेको र यसको सम्भावनामा कतै पनि समस्या नरहेको उनको भनाइ छ। 

पछिल्लो समय चिनियाँ रियलस्टेट कम्पनीहरू एकपछि अर्को कंगाल हुँदै जाँदा त्यसले समग्र वित्तीय प्रणालीमै जोखिम ल्याएको छ। स्थानीय सरकारको अधिक ऋणदेखि उत्पादन तथा निर्यातमै आएको गिरावटलाई लिएर पछिल्लो समय पश्चिमा मिडियामा चिनियाँ अर्थतन्त्रका बारेमा रिपोर्टिङ भइरहेको छ। 

चिनियाँ अर्थतन्त्रको विस्तार धिमा हुनुमा जनसांख्यिक कारण पनि रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ। तर चीन सरकारले अर्थतन्त्रमा आएको समस्यालाई अस्वीकार गरिदिएको छ। 


प्रकाशित : बुधबार, भदौ २७ २०८००४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend