मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

लगातार दुई दिन बढेको सेयर बजारमा तेस्रो दिन १९ अंकको गिरावट

images
मंगलबार, भदौ २६ २०८०
images
लगातार दुई दिन बढेको सेयर बजारमा तेस्रो दिन १९ अंकको गिरावट

मंगलबार १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा पुगेको बजारमा एक अर्ब १३ करोड ५० लाख ५७ हजार रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- यो साता पहिलो र दोस्रो कारोबारमा लगातार वृद्धितर्फ लागेको सेयर बजारमा मंगलबार भने गिरावट आएको छ। 

images
images
images

मंगलबार १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा पुगेको बजारमा एक अर्ब १३ करोड ५० लाख ५७ हजार रूपैयाँको कारोबार भएको छ। मंगलबार ३३ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको भने घट्यो। 

images
images

आइतबार देखिएको १०.२३ अंकको वृद्धिलाई साथ मिल्ने गरी सोमबार पनि बजारमा हरियाली देखिएको थियो। 

images
images

आइतबार १०.२३ अंकको वृद्धिसहित बजार १९४२.६८ बिन्दुमा पुगेको बजार सोमबार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको थियो। सोमबार बजारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो।

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजी बजारमा ढुक्क भएर लगानी गर्न सक्नेगरी लगानीकर्तामैत्री नदेखिएको विश्लेषकहरू बताउँछन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

सुधारको संकेत गरेको बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend