आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

images
मंगलबार, भदौ २६ २०८०
images
images
सुन तस्करी प्रकरण : अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

यस प्रकरणमा हालसम्म ३१ जना पक्राउ परेकामा ३० जना अहिले प्रहरी हिरासतमा छन्।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झन्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवेदन बुझाउन तयारी गरेको छ।

images
images
images

अनुसन्धान प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

संगठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ। प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताए।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ। यस प्रकरणमा भन्सार कार्यालयका केही कर्मचारी, भारतीय र चिनियाँ नागरिकसहित हालसम्म ३१ जना पक्राउ परेकामा ३० जना अहिले प्रहरी हिरासतमा छन्।

images

विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले (सीआईबी)ले गरिरहेको छ।

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम शुद्ध सुन भएको थियो। अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ २६ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend