आइतबार, असोज ६ गते २०८१    
images
images

आलु पर्याप्त फल्छ तर राख्ने ठाउँ छैन, सस्तोमै बेच्न बाध्य छन् किसान

images
मंगलबार, भदौ २६ २०८०
images
images
आलु पर्याप्त फल्छ तर राख्ने ठाउँ छैन, सस्तोमै बेच्न बाध्य छन् किसान

भण्डारण अभावमा बर्सातमै आलु बेच्नुपर्ने बाध्यता छ। ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ। तर भण्डारण र बजारीकरणमा समस्या भएको किसानको गुनासो छ।

images
images

बलेवा- पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ। उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन्।

images
images
images

भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन्। विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ।

'आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन', ढोरपाटन नगरपालिका-८ की थमसरा विकले भने, 'बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ।' भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोबर फाइदा लिन सकिने उनले बताए।

ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताए। भदौ अन्तिम सातादेखि उनोहरुले आलु खन्ने गर्छन्। सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गरे।

images

भण्डारण अभावमा बर्सातमै आलु बेच्नुपर्ने बाध्यता छ। ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ। तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ।

कृषि ज्ञान केन्द्र बागलुङको तथ्यांकअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ। सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्यांक छ। जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ। गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ। परियोजनाको बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार रु चार लाख अनुदान सहयोगमा किसानले रु सात लाखमा भवन बनाएका थिए। ढोरपाटन-९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ। 

रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन्। परियोजनाले ताराखोलामा २१ लाख रूपैयाँ तथा स्थानीयवासीको चार लाख रूपैयाँमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कँडेलले बताए। परियोजनाले निसीखोला र निसेल ढोरमा १०/१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ।

त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन्। 

गलकोटमा भने स्याउलगायत फलफूलसमेत भण्डारण गर्नेगरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन्। गलकोट नगरपालिका-३ मा सिद्धभैरव समूहले दुई करोड रूपैयाँ लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २६ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend