आइतबार, असोज ६ गते २०८१    
images
images

भन्सार छलेर लुकाएको ८ सय किलो काजु बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २६ २०८०
images
images
भन्सार छलेर लुकाएको ८ सय किलो काजु बरामद

भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल ल्याएर घरमा लुकाएको आठ सय किलो काजु बरामद।

images
images

रौतहट- भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन्।

images
images
images

पर्साको वीरगञ्ज महानगरपालिका-१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल ल्याएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापामारी गरी काजु बरामद गरेको हो।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ २६ २०८००५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend