आइतबार, असोज ६ गते २०८१    
images
images

दुर्गम उडानलाई सुरक्षित बनाउन भन्दै प्राधिकरणले ल्याएको नयाँ नियम कार्यान्वनमा बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

images
मंगलबार, भदौ २६ २०८०
images
images
दुर्गम उडानलाई सुरक्षित बनाउन भन्दै प्राधिकरणले ल्याएको नयाँ नियम कार्यान्वनमा बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

प्राधिरकणले मध्यान्ह १२ बजेपछि दुर्गमका विमानस्थलमा उडान बन्ददेखि माउन्टेन उडानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको थ‍ियो।

images
images

काठमाडौं- दुर्गम उडानलाई सुरक्षित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सर्कुलर  कार्यान्वयनका लागि बाटो खुलेको छ।

images
images
images

प्राधिकरणले दुर्गम उडान सुरक्षित बनाउने भन्दै साउन १२ र ३२ मा निर्णय गरेको थियो। निर्णय बदरको माग गर्दै अधिवक्ता गणेशबहादुर ओलीले रिट निवेदन दर्ता गरेका थिए।

यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। दुईपक्षीय छलफलबाट अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ। यो सँगै प्राधिकरणले दुर्गम उडानलाई सुरक्षित बनाउन भन्दै जारी गरेको सर्कुलर वायुसेवा कम्पनीले कार्यान्वयन गर्नुपर्ने भएको छ।

प्राधिरकणले मध्यान्ह १२ बजेपछि दुर्गमका विमानस्थलमा उडान बन्ददेखि माउन्टेन उडानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको थ‍ियो। साथै प्राधिकरणले सेप्टेम्बरसम्मका लागि सामान झुन्ड्याएर गरिने उडानमा समेत रोक लगाएको थियो। 

images

प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान/अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने नियम लगाएको थियो।


प्रकाशित : मंगलबार, भदौ २६ २०८००५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend