काठमाडौं- संविधानसभाका तत्कालीन अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङकाे हृदयघातका कारण निधन भएकाे छ।
मुटुमा समस्या देखिएपछि राती १ बजे नेम्वाङलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएकाे थियाे।
तर २ बजे नै उनकाे उपचारको क्रममा निधन भएकाे अस्पतालले जनाएको छ।
संविधान लेखनमा महत्त्वपूर्ण भूमिका खेलेका नेम्वाङ नेकपा एमालेका उपाध्यक्षसमेत रहेका थिए।