आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आइतबारको सामान्य वृद्धिलाई साथ मिल्नेगरी सोमबार सेयर बजारमा छायो हरियाली

सोमबार, भदौ २५ २०८०
आइतबारको सामान्य वृद्धिलाई साथ मिल्नेगरी सोमबार सेयर बजारमा छायो हरियाली

काठमाडौं- आइतबार देखिएको १०.२३ अंकको वृद्धिलाई साथ मिल्ने गरी सोमबार पनि बजारमा हरियाली देखिएको छ। सामान्य वृद्धिले लामो समयदेखि २००० बिन्दुको आसपास अल्झिरहेको बजारले अब गति लिन सक्ने संकेत गरेको छ।

आइतबार १०.२३ अंकको वृद्धिसहित बजार १९४२.६८ बिन्दुमा पुगेको बजार सोमबार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा पुगेको छ। २१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। ११ कम्पनीको सेयर मूल्य घटेको बजारमा ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानी गर्न सक्नेगरी लगानीकर्तामैत्री नदेखिएको विश्लेषकहरू बताउँछन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। जसले लामो समयदेखि बजार उही बिन्‍दु वरपर देखिन्छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको देखिन्छ।

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। आइतबार र सोमबार देखिएको वृद्धिले साथ पाउन सके बजारमा केही सुधारतर्फ जाने संकेत देखिन्छ। 


प्रकाशित : सोमबार, भदौ २५ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend