आइतबार, असोज ६ गते २०८१    
images
images

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

images
सोमबार, भदौ २५ २०८०
images
images
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

चालुतर्फ ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये १३ करोड दुई लाख ७६ हजार दुई सय २२ रूपैयाँ फ्रिज भएको छ।

images
images

अर्घाखाँची- अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोड रूपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।

images
images
images

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगततर्फको एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रूपैयाँ बजेट फ्रिज भएको हो। चालुतर्फ ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये १३ करोड दुई लाख ७६ हजार दुई सय २२ रूपैयाँ फ्रिज भएको छ।

यस्तै संघीय सरकारको चालु तर्फको पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ। संघीय सरकारको पुँजीगततर्फ एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ।

images

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ रूपैयाँ बजेट विनियोजन भएको थियो। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend