आइतबार, असोज ६ गते २०८१    
images
images

डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रकमको विषयलाई लिएर व्यवसायीले भेटे प्रधानमन्त्री

images
सोमबार, भदौ २५ २०८०
images
images
डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रकमको विषयलाई लिएर व्यवसायीले भेटे प्रधानमन्त्री

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रकम असुलीका लागि दबाब दिन सुरु गरेको छ। प्राधिकरणले रकम बुझाउन भन्दै गएको साता सूचनासमेत प्रकाशित गरेको थियो। प्राधिकरणले रकम असुलीका लागि ताकेता गरेसँगै व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

images
images
images

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा व्यवसायीले यो विषयमा प्रधानमन्त्रीसँग चासो राखेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निक्यौल नभएसम्म उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको महासंघले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ।

'नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो, 'महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुंगोमा पुऱ्याउने कुरामा आफूले पहल गर्ने पनि प्रधानमन्त्रीले बताएका छन्।'

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो। उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो।

images

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ। 'अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,' महासंघ अध्यक्ष ढकालले भने, 'थप समस्या सिर्जना गरिदिनु भएन।'

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ। 


प्रकाशित : सोमबार, भदौ २५ २०८००६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend