आइतबार, असोज ६ गते २०८१    
images
images

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित कर अधिकृत पक्राउ

images
सोमबार, भदौ २५ २०८०
images
images
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित कर अधिकृत पक्राउ

दाङको तुल्सीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।

images
images

जानकी- बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रूपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुल्सीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।

images
images
images

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए। उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं जाँदै थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend