आइतबार, असोज ६ गते २०८१    
images
images

सुन तस्करी प्रकरणमा पक्राउ पर्न थालेपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, पक्राउ गर्न बन्द गर्नुपर्ने माग

images
आइतबार, भदौ २४ २०८०
images
images
सुन तस्करी प्रकरणमा पक्राउ पर्न थालेपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, पक्राउ गर्न बन्द गर्नुपर्ने माग

अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने माग छ।

images
images

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित छन्। काम गर्ने वातावरण नभएको, अनुसन्धानका बहानामा हतोत्साहित बनाइएको भन्दै यसअघि मागिएको सामूहिक सरुवाको समेत सुनुवाइ नभएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्।

images
images
images

भदौ १३ गते विमानस्थल भन्सार कार्यालयका १ सय ३७ कर्मचारीले सामूहिक सरुवाका लागि निवेदन दिएका थिए। सरुवाको निवेदन सुनुवाइ नभएपछि कर्मचारीले विभिन्न पाँचबुँदे माग राखी आन्दोलनको घोषणा गरेका हुन्।

कार्यलयमा राजस्व असुलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानूनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्ने, कार्यस्थलमा निर्भिकरुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने उनीहरुको माग छ।

अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के-कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइ अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने पनि उनीहरुको माग छ।

images

यस्तै अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने, विभिन्न सञ्चार माध्यमहरुबाट खुलासा भएका योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका व्यक्तिलाई संरक्षण गर्ने र राष्ट्रसेवक कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने पनि उनीहरुले माग गरेका छन्।

यस्ता छन् विरोधका कार्यक्रम :

१. मिति २०८०/५/२४ गते सांकेतिक विरोध स्वरुप तीन घण्टा पेन डाउन गर्ने।

२. मिति २०८०/५/२५ र २६ गते यस कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने।

३. मिति २०८०/५/२७ गतेभित्र उल्लेखित मागहरु सम्बोधन नभएमा यस कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने ।

४. यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ।

५. यस सम्बन्धमा विरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ।


प्रकाशित : आइतबार, भदौ २४ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend