काठमाडौं- बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। मंगलबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।