आइतबार, असोज ६ गते २०८१    
images
images

ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

१७ जनासँग मागियो धरौटी, एकजना साधारण तारेखमा छुट्ने

images
आइतबार, भदौ २४ २०८०
images
images
ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ भने अन्यउपर भिन्न भिन्न धरौटी रकम तोकिएको छ।

images
images

काठमाडौं- ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। जसमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न भनिएको छ।

images
images
images

जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार यस्तो आदेश दिएको हो।

यस्तै केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ भने अन्यउपर भिन्न भिन्न धरौटी रकम तोकिएको छ।

images

धरौटी रकममा शिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग ५ लाख रहेको छ।

त्यस्तै घमनकुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार धरौटी माग गरेको हो।

साथै ध्रुवप्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लाख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जयकुमार महर्जनसँग १ लाख १० हजार र लोकरी घिमिरेसँग १ लाख ५० हजार रहेको छ।

यस प्रकरणमा प्रहरीले अनुसन्धान गरेर संगठित अपराधमा म्याद थपेको थियो। जसमा सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो। यसमा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन्।


प्रकाशित : आइतबार, भदौ २४ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend