काठमाडौं- प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा-जोमसोमको नियमित उडान सुरु हुने भएको छ।
मौसम अनुकूल हुन थालेपछि तारा एयरले सोमबारदेखि पोखरा-जोमसोमको नियमित उडान गर्ने भएको हो।
नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ। हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्नेगरि तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुनेछ।