शुक्रबार, असोज ४ गते २०८१    
images
images

एमसीसी जटिल बनिरहँदा अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

images
बुधबार, मंसिर १ २०७८
images
images
एमसीसी जटिल बनिरहँदा अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्।

images
images

काठमाडौं- नेपालको संसदले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विषयमा जटिलता बढ्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबारनेपाल भ्रमणमा आउने भएका छन्।

images
images
images

दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन्। लु २ गते फर्कने कार्यक्रम छ। 

सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। ३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन। 

नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूलाई भेट्ने बताइएको छ। भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्। सत्तारुढ दलभित्र नै एमसीसीबारे एकमत नभएका कारण सम्झौता अनुमोदन अन्योलमा छ। 

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५०० मिलियन डलर अनुदान दिँदैछ।

 

 
 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend