मंगलबार, वैशाख २५ गते २०८१    
images
images

एमजीका दुई विद्युतीय कार एकैपटक सार्वजनिक, एमजी कोमेट ईभी र एमजी फोर ईभी कुन कस्तो?

images
images
images
एमजीका दुई विद्युतीय कार एकैपटक सार्वजनिक, एमजी कोमेट ईभी र एमजी फोर ईभी कुन कस्तो?

पारापाउन्टले सार्वजनिक गरेको कोमेट ईभी सिटी कार हो भने एमजी फोर प्रिमियम विद्युतीय ह्याचब्याक हो।

images
images

काठमाडौं- एमजी मोटर (मेरिस ग्यारेज) को नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले दुई विद्युतीय कार सार्वजनिक गरेको छ। कम्पनीले आइतबार एमजी कोमेट ईभी र एमजी फोर ईभी सार्वजनिक गरेको हो।

images
images
images

पारापाउन्टले सार्वजनिक गरेको कोमेट ईभी सिटी कार हो भने एमजी फोर प्रिमियम विद्युतीय ह्याचब्याक हो। योसँगै नेपाली बजारमा एमजीका विभिन्न रेन्जका विद्युतीय कार उपलब्ध भएका छन्। 

images

कोमेट ईभी एमजीले भारतीय बजारलाई लक्षित गरेर भारतमै उत्पादन गरेको कार हो। भारतमा राम्रै सफलता पाइरहेको सहरकेन्द्रित मिनी ईभी कोमेट नेपालमा पनि सफल हुने विश्वास कम्पनीको छ। 

images

एमजी फोर ईभी चीन तथा बेलायतयगात बजारमा चर्चा कमाएको मोडल हो। कम्पनीले यसलाई प्रिमियम ह्याचब्याक सेग्मेन्टमा विद्युतीय कार उपलब्ध गराएर यो सेगमेन्टका उपभोक्तालाई आकर्षित गर्न खोजेको छ। पारामाउन्ट मोटर्सले नेपाल ल्याएको एमजी फोर बेलायतको ‘कार अफ द इयर २०२३’ भएको मोडल हो। 

images
images

एमजी कोमेट ईभी र एमजी फोर ईभी आएसँगै नेपाली बजारमा एमजीका ३ विद्युतीय मोडल उपलब्ध भएका छन्। कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस ईभी नेपालको सफल कम्प्याकट एसयूभी हो। 

एमजी कोमेटले २ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। त्यस्तै एमजी फोर दुई ब्याट्री अप्सनमा आउने जनाएको छ।

एमजी कोमेट ईभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिंगल चार्जमा २ सय ३० किलो मिटरको रेन्ज दिन्छ। यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ। एमजी कोमेट ईभीमा यात्रुहरूको सुरक्षाको लागि रेटेड ब्याट्री, डुबल फ्रन्ट एयर ब्याग, पछाडिपट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ। सुविधा र सहजताको लागि एमजी कोमेट ईभीमा एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरू रहेका छन्।

MG Comet EV.jpg
एमजी कोमेट ईभी

एमजी कोमेट ईभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रहेको छ भने एमजी कोमेट ईभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ।

त्यस्तै एमजीले कमेट ईभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको बारेन्टि दिएको छ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी फोर ईभी २०२३ को यूके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ। कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट ईभीको ब्याट्री क्षमता ५१ केडब्यलूएच र ९९ केडब्लूको मोटर रहेको छ।

त्यस्तै एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ केडब्लूएच र १ सय ५० केडब्लूको मोटर रहेको छ। एमजी फोर ईभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्वील ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरूको सेग्मेन्टमा पहिलो विशेषता हो।

एमजी फोर ईभीले सिङल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। राम्रो ह्यान्ड्लिङ र ट्र्याक्सनको लागि एमजी फोर ईभीमा रियर ह्वील लेआउट राखिएको छ। त्यस्तै यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषताहरू रहेका छन् भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरू रहेका छन्।

त्यस्तै एमजी फोर ईभीको लागि हाइ भोल्टेज ब्याट्रिमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ।

त्यस्तै एमजी फोर कम्फर्ट इभीको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रहेको छ भने एमजी  लक्जरी ईभीको सुरुवाती मझल्य ५८ लाख ९९ लाख रूपैयाँ रहेको छ।

एमजीका यी दुवै ईभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरू रहेका छन्। यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ।

हाल नेपालभर एसी र डीसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन्। यद्यपि २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको छ। आफ्ना सेवाग्राहीहरूको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डीसी चार्जिङ स्टेसनहरू स्थापना गरेको छ।

images

प्रकाशित : आइतबार, भदौ २४ २०८००८:४५

प्रतिक्रिया दिनुहोस