काठमाडौं- कोशी प्रदेश प्रमुख परशुराम खापुङले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन्।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।
कोशीले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभइ भदौ १० गते स्वतः निष्क्रिय भएको थियो। सर्वाेच्च अदालतको परमादेशपछि पुन:मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले प्रदेशमा जारी बजेट शून्यता तोड्न अध्यादेशमार्फत् बजेट ल्याएका हुन्। योसँगै कोशीमा बजेट शून्यताको अवस्था हटेको छ।