आइतबार, असोज ६ गते २०८१    
images
images

मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

images
शनिबार, भदौ २३ २०८०
images
images
मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गर्दै आएको छ। नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकरी सुरेश साहले जानकारी दिए।

images
images

कलैया- क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ।

images
images
images

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्‍याइएको हो।

नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ। पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ।

विगतमा ११ नं ब्लक  बारासम्म मात्र नहरको पानी आउने गरेको थियो। कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिए।

images

कार्यालयका अनुसार पर्सास्थित नेपाल-भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो। त्यसपछि नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको  थियो।

गण्डक नहर क्षतिग्रस्त हुनु अघिसम्म भारतीय पक्षले नहरमा सात सय २४ क्युसेकसम्म पानी दिने गरेको थियो। मर्मतपछि भारतीय पक्षबाट यस वर्ष पानी उपलब्ध गराएपछि नहरको १५ ब्लकसम्म पानी पुगेको हो।

गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गर्दै आएको छ। नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकरी सुरेश साहले जानकारी दिए।

नगर निर्माणपछि सन् १९७५ र १९७६ मा दुई चरणमा गरी भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। नवलपरासीको भैसालोटनस्थित नेपाल-भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गरेको छ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २३ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend