शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

नेपालमा टाटा टियागो ईभीको बुकिङ खुल्यो, भदौ २६ गते सार्वजनिक हुने, यस्तो हुनेछ मूल्य

images
शुक्रबार, भदौ २२ २०८०
images
images
नेपालमा टाटा टियागो ईभीको बुकिङ खुल्यो, भदौ २६ गते सार्वजनिक हुने, यस्तो हुनेछ मूल्य

बुकिङ खुला गरेपनि सिप्रदीले टियागो ईभीको औपचारिक सार्वजनिक नाडा अटो शोमा गर्ने जनाएको छ।

images
images

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार टियागो ईभीको नेपालमा बुकिङ खुलेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रतिक्षित विद्युतीय ह्याचब्याक कारको बुकिङ खुलाएको हो। 

images
images

टाटा मोटर्सले भारतीय बजारमा टियागो ईभी २०२२ को सेप्टेम्बर २८ मा सार्वजनिक गरेको थियो। तर २०२३ जनवरीबाट मात्र टियागो ईभी उपभोक्तालाई हस्तान्तरण सुरु भएको थियो। भारतमा सार्वजनिक भएको एक वर्षपछि सिप्रदीले टियागो ईभी नेपाल ल्याएको हो। 

images
images

शुक्रबारबाटै टियागो ईभीको बुकिङ खुला गरिएको सिप्रदी स्रोतले जनाएको छ। टियागो ईभी बुकिङका लागि सिप्रदीको वेवसाइट वा सिप्रदीको शोरुमबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। विद्युतीय कारप्रति चासो राख्ने धेरैले टियागो ईभी कहिले नेपाल आउँछ भन्ने बारेमा जिज्ञासा राख्दै आएका थिए। सिप्रदीले बुकिङ खुलाएसँगै टियागो ईभी बारेको जिज्ञासा सम्बोधन भएको छ। 

images
images

बुकिङ खुला गरेपनि सिप्रदीले टियागो ईभीको औपचारिक सार्वजनिक नाडा अटो शोमा गर्ने जनाएको छ। नाडा अटो शो २०२३ यही भदौ २६ गतेदखि सुरु हुँदै छ। अटो शोको पहिलो दिन नै सिप्रदीले टियागो ईभी सार्वजनिक गर्नेछ। 

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री प्याकमा भारतमा उत्पादन भइरहेकाले सिप्रदीले दुवै वा एक ब्याट्री प्याक अप्सनमा ल्याउने छ। १९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराउने छ। टियागो ईभी बुकिङ गर्ने उपभोक्ताले सेप्टेम्बर अन्त्यबाटै कार पाउने कम्पनी स्रोतले जानकारी दियो।  

टाटा मोटर्सले भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो कार भएको टाटा मोटर्सको भनाइ छ। 

टाटा मोटर्सले बुकिङ खुला गरेको २४ घण्टामा टियागो ईभी १० हजार वटा बुकिङ भएको थियो। टियागो ईभी भारतका ४ सय ९१ सहरमा पुगेको र बिक्री भएका १० हजार कारले १ करोड १२ लाख किलोमिटर यात्रा तय गरेको छ। त्यस्तै यो यात्रामा १६ लाख ग्राम सीओटू उत्सर्जन बचत भएको छ। 

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाले आगामी ५ वर्षमा १० वटा विद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। 

tata tiago ev.PNG

लिक्युड-कुल्ड ब्याट्र र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।  

टियागो ईभी बजारमा आएसँगै विद्युतीय कार किन्ने उपभोक्ताका लागि धेरै वटा छनौटको विकल्प हुनेछ। यस्तो विकल्प भारतीय उपभोक्ताका लागि मात्र नभइ नेपाली उपभोक्तालाई समेत हुनेछ। तुलनात्मक रुपमा कम मूल्यमा उपलब्ध भएको, विश्वसनीय ब्रान्ड टाटा मोटर्सले उत्पादन गरेको, सिप्रदीले विकास गरेको विद्युतीय सवारीको इको सिस्टमका कारण टियागो ईभी धेरैको रोजाइमा पर्ने निश्चितप्रायः छ। सहरी क्षेत्रमा यात्रा गर्नेहरुका लागि टियागो ईभी उपयुक्त विकल्प हुनेछ। 

नेपाली बजारमा टियागो ईभीको सुरुवाती मूल्य २३ लाख रुपैयाँ हुने अनुमान छ। यद्यपी सिप्रदीले टियागो ईभीको मूल्य नाडा अटो शोमै सार्वजनिक गर्ने तयारी गरेको छ। टियागो ईभी फुल अप्सनको मूल्य २९ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। 

सिप्रदीले टाटाका नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स बिक्री गर्दै आएको छ। त्यस्तै ट्याक्सीमा एक्सप्रेस टी ईभी पनि उपलब्ध रहेको छ। 


प्रकाशित : शुक्रबार, भदौ २२ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend