आइतबार, असोज ६ गते २०८१    
images
images

देशमा राम्रा दिन आउँदैछन् : अर्थमन्त्री महत 

images
शुक्रबार, भदौ २२ २०८०
images
images
देशमा राम्रा दिन आउँदैछन् : अर्थमन्त्री महत 

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले विदेशी लगानी तथा समग्र लगानीकर्ताई सहजीकरणका लागि काम गरिरहेको र अझ यसलाई प्रभावकारी बनाउनका लागि आवश्यक नीतिगत र संस्थागत व्यवस्था गरिरहेको बताए। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा राम्रो दिन आउने बताएका छन्। लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान भएर राम्रो दिन आउने बताएका हुन्। 

images
images
images

तथ्यांकले सुधारको संकेत गरेको र सरकारले पनि अथक प्रयास जारी राखेकाले देश सधैँ उकुसमुकुसमा नरहने उनको भनाइ छ। ‘देशमा राम्रा दिन आउँदैछन्। सधैँ अहिलेको असहज वातावरण रहँदैन। विगतमा केही समस्या थिए तर अहिले समाधान हुँदैछन्’ उनले भने। 

समस्यारहित नभएपनि पछिल्लो समयका तथ्यांकले सुधारको संकेत गरेको उनको भनाइ छ। सिजन आएसँगै विदेशी पर्यटकको संख्यामा वृद्धि हुने, रेमिट्यान्सनमा अहिले नै देखिएको वृद्धिले वैदेशिक मुद्राको सञ्चितिमा सुधार देखिएको उनको भनाइ छ। 

भारतसँगको विद्युत व्यापार सम्झौताले थप आम्दानीको बाटो खुला भएको र यस्तै सम्झौता चीनसँग हुने उनको भनाइ छ। ‘अहिले जति पनि तथ्यांक देखिएका छन् यसले गर्दा अर्थतन्त्रमा सुधार हुँदैछ। त्यसैले कोही यहाँ निराश हुन आवश्यक छैन’ उनले भने। 

images

लगानी बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई थप लगानीको आवश्यकता रहेको र त्यसका लागि नीति नियम, संस्थागत व्यवस्थामा सरकारले काम गरिरहेको बताए। 

PRO_KTM-066A3228.jpg

लगानी बोर्डलाई अझै सशक्त बनाउने, आवश्यक नीतिगत संशोधन गरी लगानीको वातावरण बनाउने काममा सरकारले अहिले पनि काम गरिरहेको उनको भनाइ छ। 

‘पछिल्लो समय संसारमा देखिएको आर्थिक राष्ट्रवाद र संरक्षणवादले नेपाल जस्ता गरिब मुलुक अझ प्रभावित भएका छन्। यसै पनि न्यून लगानी र आर्थिक वृद्धिको अवस्थामा रहेको नेपालका लागि पछिल्लो प्रवृत्ति झन लगानीको माग बढाएको छ’ उनले भने, ‘आवश्यक लगानीका लागि हामीले गर्नुपर्ने सहजीकरण के-के हुन सक्छन् त्यो हामी गर्न तयार छौँ र संसारलाई हामी सन्देश दिन चाहन्छौँ कि नेपाल लगानीको आकर्षक गन्तव्य हो।’ 

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले विदेशी लगानी तथा समग्र लगानीकर्ताई सहजीकरणका लागि काम गरिरहेको र अझ यसलाई प्रभावकारी बनाउनका लागि आवश्यक नीतिगत र संस्थागत व्यवस्था गरिरहेको बताए। 


प्रकाशित : शुक्रबार, भदौ २२ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend