आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

१७ होटलमा ४ अर्ब लगानी थपिँदै

images
शनिबार, भदौ २३ २०८०
images
१७ होटलमा ४ अर्ब लगानी थपिँदै

उद्योग विभागको दर्ता विवरणअनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिवद्धता आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको साउन १ गतेदेखि अहिलेसम्म १७ वटा होटल/रेष्टुँरामा करिब ४ अर्बको लगानी प्रतिवद्धता आएको छ। जसमा पोखरा र भैरहवामा निर्माण हुने दुईवटा होटलमा मात्रै तीन अर्ब एक करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिवद्धतासँगै उद्योग विभागमा दर्ता भएको छ। 

images
images
images

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा स्थापना हुने गरी होटल बुद्ध स्टार प्रालि दर्ता भएको छ। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।

images
images

उद्योग विभागको दर्ता विवरणअनुसार होटलमा १ अर्ब ८५ करोडको लगानी प्रतिवद्धता आएको छ। २ सय बेड क्षमताको होटलमा १ सय २० सिट क्षमताको रेष्टुँरासहित ५ सय ब्यांक्वेट निर्माण हुनेछ। होटलमा १ सय ३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। होटलमा ५ सय केभीए बिजुली खपत हुनेछ।

images
images

यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पनि नयाँ तारे होटल निर्माण हुने भएको छ। वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालिको नाममा उद्योग विभागमा दर्ता भएको हो।

होटलमा १ अर्ब १६ करोड रूपैयाँको लगानी प्रतिवद्धता रहेको छ। ९२ वेड क्षमताको होटलमा २ सय सिट क्षमताको रेष्टुँरा रहने छ। होटलमा ७९ जनाले रोजगारी पाउने छन्। होटलमा सतप्रतिशत नेपाली लगानी रहेको छ।

कुन होटलमा कति लगानी?

hotel.jpg


प्रकाशित : शनिबार, भदौ २३ २०८००२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend