आइतबार, असोज ६ गते २०८१    
images
images

यार्सागुम्बा संकलनमा एक व्यक्तिले वर्षमा एक पटकमात्रै इजाजत पाउने, १६ वर्षभन्दा कम उमेरकालाई जान रोक

images
शुक्रबार, भदौ २२ २०८०
images
images
यार्सागुम्बा संकलनमा एक व्यक्तिले वर्षमा एक पटकमात्रै इजाजत पाउने, १६ वर्षभन्दा कम उमेरकालाई जान रोक
फाइल तस्बिर

हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्षण, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा संकलन गर्न चाहने व्यक्तिले संरक्षित्र क्षेत्रको कार्यालय वा परिषद्‍मा निवेदन दिनु पर्ने छ।

images
images

काठमाडौं- हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०८० राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

images
images
images

वन नीति, २०७५ को समृद्धिका लागि वन अवधारणलाई टेवा पुर्‍याउने उद्देश्यले नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको संरक्षण, संकलन एवं सदुपयोग गर्ने कार्यलाई सरल, सहज र व्यवस्थित गर्न तयार पारेको निर्देशिका राय सुझावका लागि मन्त्रालयले सार्वजनिक गरेको हो।

निर्देशिकाको मस्यौदामा यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पूरा भएको व्यक्तिले मात्रै अनुमति पाउने विषय समावेश गरिएको छ। यार्सागुम्बा संकलन इजाजत एक व्यक्तिले वर्षको एकपटक मात्रै पाउने र संकलन अविध प्रत्येक वर्षको बैशाखदेखि असार महिनाभित्र बढीमा ३० दिनेको हुनेसमेत निर्देशिकामा उल्लेख छ।

यसैगरी हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्षण, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा संकलन गर्न चाहने व्यक्तिले संरक्षित्र क्षेत्रको कार्यालय वा परिषद्‍मा निवेदन दिनु पर्ने छ। निवेदनउपर संरक्षक वा प्रमुख वा परिषद्‍को अध्यक्षले आवश्यक जाँचबुझ गरी उपयुक्त ठानेमा स्वीकृत व्यवस्थापन योजनामा तोकिएको परिमाणमा नबढने गरी हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ अनुसार दस्तुर लिइ संकलनको इजाजत दिन सक्ने व्यवस्था निर्देशिकामा राखिएको छ।

images

यार्सागुम्बा संकलन गरिने क्षेत्रहरुमा तोकिएको स्थान (शिविर) बाहेक अन्यन्त्र टेन्ट वा पाल राख्न नपाइने, ४० माइक्रोन भन्दा कमको प्लाष्टिकजन्य बस्तु लैजान तथा प्रयोग गर्न नपाइने, इजाजतपत्रमा तोकिएको औजार बाहेक अन्य औजार वा हात-हतियार लैजान नपाइने र जथाभावी फोहर फाल्न, आगो बाल्न र खाल्टो खन्न नपाइने विषय समेत निर्देशिकाको मस्यौदामा समावेश गरिएको छ।

यसैगरी संकलन क्षेत्रमा बाजा बजाउन र चलचित्र प्रदर्शन गर्न नपाइने,  संरक्षित क्षेत्र कार्यालय वा परिषद्‍लर् तोकेको बाटोबाहेक अन्य बाटो प्रयोग गर्न नपाइने, शान्ति सुरक्षामा खलल पुर्‍याउन र प्रचलित ऐन,नियम विपरितको कुनै कार्य गर्न गराउन नपाउने निर्देशिकामा उल्लेख छ।


प्रकाशित : शुक्रबार, भदौ २२ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend