बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

काठमाडौं महानगरमै सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै पेस गर्छन् वार्षिक विवरण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २२ २०८०
images
images
काठमाडौं महानगरमै सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै पेस गर्छन् वार्षिक विवरण

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन्। हाल कामपामा १ हजार ९ सय ५३ सहकारी सञ्चालनमा  छन्। जसमध्ये ९ सय ५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ।

images
images
images

कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए। 'अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ', उनले भने।

images

प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो। 'नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ', उनले भने, 'कामपाको भित्री वडामा सहकारीको सङ्ख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन्।'

images
images
images

हाल कामपामा सहकारी संस्थाको वार्षिक एक खर्बको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए। उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन्।

पाँच वर्षको अवधिमा कामपाका दुई सय २४ सहकारीमा छ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताए। 'यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्', उनले भने, 'उजुरीहरुमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कमचारीलाई तलब नदिएको लगायत छन्।'

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ। सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन्।


प्रकाशित : शुक्रबार, भदौ २२ २०८००४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend