शुक्रबार, असोज ४ गते २०८१    
images
images

आजदेखि ई-पासपोर्ट जारी, कसरी बनाउने ?

images
बुधबार, मंसिर १ २०७८
images
images
आजदेखि ई-पासपोर्ट जारी,  कसरी बनाउने ?

राहदानी विभागले आज (मंसिर १  गते) देखि ई-पासपोर्ट जारी गरेकाे छ। विभागले आज देखि ई-पासपोर्टको परीक्षण सुरु गर्ने लागेको हो। आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट विस्तारै देशभरबाट वितरण हुने विभागले जनाएको छ।

images
images

काठमाडाैै राहदानी विभागले आज (मंसिर १  गते) देखि ई-पासपोर्ट जारी गरेकाे छ। विभागले आज देखि ई-पासपोर्टको परीक्षण सुरु गर्ने लागेको हो। आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट विस्तारै देशभरबाट वितरण हुने विभागले जनाएको छ।

images
images
images

विभागले ई-पासपोर्ट जारी गर्नका लागि आवश्यक तयारी पुरा भएकाे समेत जनाएको छ। पहिलो चरणमा राहदानी विभागले मात्रै ई-पासपोर्ट जारी गर्ने भएको छ। विभागबाट जारी भएको पासपोर्ट परीक्षण पछि क्रमिक रुपमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट जारी गर्न सुरु गरिने  छ।

विभागले अहिले एमआरपी पासपोर्ट वितरण गरेजस्तै दैनिक ५ हजार ई-पासपोर्ट सुरुवाती चरणमा जारी गर्न नसक्ने जनाएकाे छ। विभागका अनुसार सुरुवाती चरणमा दैनिक ५०, १००, २०० हुँदै बढ्दै जाने छ।

विभागसँग अहिले १ लाख ७० हजार एमआपी पासपोर्ट रहेको र यो पासपोर्ट पनि वितरण हुने जनाएको छ। ‘१ लाख ७० हजार एमआपी जारी भएपछि थप छपाइ हुने छैन।

images

अहिले एमआरपी पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालको सिफारिस चाहिन्छ। तर ई-पासपोर्टका लागि सिफारिस आवश्यक पदैन। ई-पासपोर्ट बनाउनका लागि  राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ।

अहिले पासपोर्ट बनाउनका लागि कि त सीडीयो कार्यालयमा आवेदन  दिनु पछि कि त जिल्लाबाट सिफारिस लिएर विभागबाट पासपोर्टका लागि आवेदन दिनु पर्छ। तर अब पासपोर्ट बनाउका लागि सिफारिस चाहिँदैन।

ई-पासपोर्ट कसरी बनाउने

ई-पासपोर्ट बनानउका लागि सबैभन्दा पहिले राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने छ। राष्ट्रिय परिचय पत्र बनेपछि राहदानीका लागि अनलाइन आवदेन दिनु पर्ने व्यवस्था गरिएको छ। अनलाइन आवदेन दिँदा राष्ट्रिय परिचय पत्र नम्बर राखेर विवरण भर्नु पर्दछ।

सबै विवरण भरेर पेस गरेपछि अनलाइनबाट एउटा क्युआर कोर्ड सहितका पेपेर प्रिन्ट गर्नु पर्छ। विवरण पेस भएपछि एउटा कोड नम्बर र सम्पर्क गर्ने मिति आउँछ। सोही आधारमा सम्बन्धित कार्यालयमा गइ आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने आरन बताउँछन्। ई-पासपोर्टमा परिचय पत्रमा प्रयोग भएको बायोमेट्रिक विवरण प्रयोग हुनेछ।

यसबाट पासपोर्ट लिन अहिले जसरी सेवाग्राहीले सास्ती भोग्न परेको छ त्यो पनि अन्त्य हुने आरन बताउँछन्। राहदानीको लागत भने अहिले एमआरपी लिँदा जति लाग्छ त्यति नै लाग्ने उनको भनाइ छ।

राहदानी विभागले २० लाख थान ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आइडिइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिएको थियो।

कम्पनीले सम्झौता अनुसार पहिलो लटमा दिनु पर्ने ई-पासपोर्ट दिइसकेको छ। विभागले छुटसहित २ करोड ११ लाख डलरमा २० लाख थान ई-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गरेको हो। सम्झौता १३ महिनामा कम्पनीले नेपालाई पासपोर्ट दिनुपर्ने हुन्छ।

ई-पासपोर्टमा ६४ पेज

ई-पासपोर्टमा ६४ पेज रहनेछ। ई-पासपोर्टको ६४ पेज रहेन चित्र सरकारले निर्णय गरिसकेको छ। मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार ई-पासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन्।

पेज नम्बर १ मा सगरमाथा, २ मा पोलिकार्बोनेट डाटा पेज, ३ मा लुम्बिनी, ४ र ५ मा राष्ट्रपति भवन, ६ र ७ मा  एकसिंगे गैँडा तथा ८ र ९ मा चाँगुनारायण मन्दिर रहने छ। यसैगरी पेज नम्बर १० र ११ मा इलामको चिया बगान, १२ र १३ मा लालीगुँरास, १४ र १५ मा पशुपतिनाथ मन्दिर, १६ र १७ मा मिथिला आर्ट, १८ र १९ मा धान रोपाइँको तस्बिर, २० र २१ मा कुमारी र २२ र २३ मा माथिल्लो मुस्ताङको तस्बिर रहनेछ।

यसैगरी २४ र २५ मा बाघ, २६ र २७ मा जुम्लाको सिंजा उपत्यका, २८ र २९ देशय् मरू झ्या, ३० र ३१ मा जानकी मन्दिर, ३२ र ३३ मा करुवा, ३४ र ३५ मा हात्ती, ३६ र ३७ मा रानीपोखरी, ३८ र ३९ मा हनुमानढोका र ४० र ४१ मा धरहराको तस्बिर रहने छ।

यसैगरी पेज नम्बर ४२ मा ४३ मा भुर्तिका देवल, ४४ र ४५ मा पाटन दरबार स्क्वायर, ४६ र ४७ मा पुतली, ४८ र ४९ मा बौद्धनाथ, ५० र ५१ मा भक्तपुर दरबार स्क्वायर, ५२ र ५३ मा महाकाली पुल र ५४ र ५५ मा कृष्णसारको तस्बिर रहनेछ।

यसैगरी पेज नम्बर ५६ र ५७ मा ट्रेकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९ मा रानीमहल, ६० र ६१ मा रारा ताल, ६२ र ६३ मा माथिल्लो तामाकोशी र पेज नम्बर ६४ मा सिंहदरबारको तस्बिर रहने छ। यस्तै, ५ वटा तस्बिरलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ।

 

 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend