आइतबार, असोज ६ गते २०८१    
images
images

लम्पी स्किन संक्रमणबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु, उपचारमा सक्दो प्रयास भइरहेको कृषिमन्त्रीको दाबी

images
बिहीबार , भदौ २१ २०८०
images
images
लम्पी स्किन संक्रमणबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु, उपचारमा सक्दो प्रयास भइरहेको कृषिमन्त्रीको दाबी

लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु संक्रमित भएका छन् भने ५२ हजार बढीको मृत्यु भएको छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु संक्रमित भएको जानकारी दिएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।

हालसम्म उपचारपश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।

रोगको संक्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

images

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन्। यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ। उनले भने, 'माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ।'

सांसद दिलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए। सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुन सकेको छैन? भन्दै प्रश्न गरे। रासस


प्रकाशित : बिहीबार , भदौ २१ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend