आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

यो साता ५८ अंकले घट्यो सेयर बजार, अन्तिम दिन २१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १५ करोडको कारोबार

बिहीबार , भदौ २१ २०८०
यो साता ५८ अंकले घट्यो सेयर बजार, अन्तिम दिन २१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १५ करोडको कारोबार

काठमाडौं- निरन्तर ओरालोतर्फ लागेर वृद्धितर्फ संकेत गरेको सेयर बजार यो साताको चार कारोबारमा कमजोर देखियो। लामो समयदेखि २००० बिन्दुको आसपास अल्झिरहेको बजारले गति लिन सकेको छैन। समग्रमा यो साता बजारमा ५८.१४ अंकको गिरावट देखिएको छ। 

साताको अन्तिम कारोबारमा बिहीबार २८.९२ अंकले घटेर बजार १९३२.४५ बिन्दुमा झरेको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २०३ कम्पनीको सेयर मूल्य घटेको बजारमा ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार २९.८१ अंकले घटेको नेप्से परिसूचक सोमबार ७.०४ अंकले बढेको बजार मंगलबार ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा झरेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी भएको देखिन्छ। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। बजारमा स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा लगानीकर्ता अघि बढ्न सकेका छैनन्। जसले लामो समयदेखि बजार उही बिन्‍दु वरपर देखिन्छ। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend