शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानले महसुस गर्न थाले जलवायु परिवर्तनको असर : जग्गामा क्षति, उत्पादन घट्यो 

बिहीबार , भदौ २१ २०८०
किसानले महसुस गर्न थाले जलवायु परिवर्तनको असर : जग्गामा क्षति, उत्पादन घट्यो 

खेतीकार्यदेखि उत्पादनसम्म के कस्ता समस्या परेको छ भनेर किसानसँग प्रश्न सोधिएको थियो। 

काठमाडौं- राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको गणनामा पहिलोपटक जलवायुसम्बन्धी प्रश्नावली पनि समावेश गरिएको थियो। 

गणनामा पहिलोपटक समावेश गरिएको प्रश्नबाट करिब आधा किसानमा जलवायु परिवर्तनका बारेमा जानकार रहेको पाइएको छ। उत्तर दिएका ४४ प्रतिशत किसानले आफूलाई जलवायु परिवर्तनका बारेमा जानकारी रहेको उल्लेख गरेका थिए। 

थाहा भएकामध्ये ९१ प्रतिशतले जलवायु परिवर्तनले कृषि कार्यमा प्रभाव पारेको र उत्पादनमा क्षति पुगेको उल्लेख गरेका थिए। उत्पादनमा कमी आएको उनीहरूले उल्लेख गरेका थिए। 

खेती किसानी गरिरहेका किसानको जग्गामै क्षति पुगेको छ। बाढी पहिरो तथा भूक्षयका कारणले गर्दा ८ प्रतिशत किसानको जग्गामा क्षति पुगेको छ।   

कृषिगणनामा पहिलोपटक जलवायु परिवर्तनसम्बन्धी प्रश्नावलीहरू समेटिएका थिए। सातौँ राष्ट्रिय कृषि गणनाबाट जलवायु परिवर्तनको तथ्यांक निकाल्नका लागि प्रश्न समावेश गरिएको थियो। 

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको यो गणनाबाट जलवायु परिवर्तनका कारणले किसानले भोग्नुपरेको समस्या, कृषि उत्पादनमा परेको असरका बारेमा प्रश्न सोधेर तथ्यांक निकालिएको हो। 

जलवायु परिवर्तनका बारेमा जानकारी के कस्तो छ, त्यस्तो परिवर्तनले कृषि कार्यमा प्रभाव पारेको छ कि छैन, कस्तो खालको प्रभाव परेको छ भनेर प्रश्न बनाइएको थियोश्र 

खेतीकार्य देखि उत्पादनसम्म के कस्ता समस्या परेको छ भनेर किसानसँग प्रश्न सोधिएको थियो। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend