शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

४० प्रतिशत किसानसँग ट्याक्टर, उन्नत जातको बीउमाथिको पहुँचमा भएन सुधार 

बिहीबार , भदौ २१ २०८०
४० प्रतिशत किसानसँग ट्याक्टर, उन्नत जातको बीउमाथिको पहुँचमा भएन सुधार 

राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकअनुसार पछिल्लो सयम उपकरण र प्रविधिको प्रयोगको विस्तार सुस्त देखिएको छ।

काठमाडौं- प्रविधिको प्रयोग र यन्त्रको उपयोगबाट कृषि उत्पादन बढाउने भनेर बर्सेनि कार्यक्रम र लगानी गरेपनि त्यसको परिणाम भने देखिएको छैन।

राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकअनुसार पछिल्लो सयम उपकरण र प्रविधिको प्रयोगको विस्तार सुस्त देखिएको छ।

उपकरण र प्रविधि खरिदमा छुट सहुलियत दिएर उत्प्रेरित गर्न खोजिए पनि विस्तार सुस्त देखिएको छ। उन्नत जातको बीउको प्रयोग, उपकरणको प्रयोगमा अपेक्षित तीव्रता देखिएको छ। 

यद्यपि स्वभाविक वृद्धि भने देखिएको छ। यन्त्र उपकरणको प्रयोगमा झिनो विस्तार देखिएको छ। खेती किसानीमा ट्याक्टरको प्रयोगमा सबैभन्दा तीव्र विस्तार भएको छ। गणनाअनुसार २०७८ मा ५० प्रतिशत किसानले ट्याक्टर प्रयोग गरेका छन्। जुन २०६८ मा २२ प्रतिशत किसानसँग थियो। 

त्यस्तै ११ प्रतिशत किसानले पावर ट्रिलर, मिनी ट्रिलर प्रयोग गरेका छन्। २०६८ मा २ प्रतिशतसँगमात्र थियो। पम्पिङ सेट, थ्रेसर, डम्पिङ सेट जस्ता मुख्य उपकरण नेपाली किसानले उपयोग गर्दै आएका छन्। अहिलेसम्म पनि आधा किसान पनि उन्नत प्रविधिको पहुँचमा पुगेका छैनन्।

बीउ र मलमा पनि नेपाली किसान अझै परम्पारागत शैलीमै रहेका छन्। सबैभन्दा धेरै धान उत्पादन गर्ने किसान रहेका छन्। नेपालका कुल किसानमध्ये ७६ प्रतिशतले धान उत्पादन गर्दै आएका छन्। यसमध्ये जम्मा २७ प्रतिशतले उन्नत र १६ प्रतिशतले हाइब्रिड बीउ लगाउने गरेका छन्। धान खेती गर्नेमध्ये ७६ प्रतिशतले रासायनिक मल प्रयोग गर्ने गरेका छन्। 

मकै, गहुँको खेती गर्ने किसानको उन्नत र हाइब्रिड बीउमाथिको पहुँच न्यून रहेको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend