शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तरकारी खेती गरिने जग्गाको क्षेत्रफल बढ्दो, मकै खेती गरिने जग्गा घट्दो

बिहीबार , भदौ २१ २०८०
तरकारी खेती गरिने जग्गाको क्षेत्रफल बढ्दो, मकै खेती गरिने जग्गा घट्दो

काठमाडौं- राष्ट्रिय कृषि गणनाअनुसार नेपालमा तरकारी खेती गरिने जग्गाको क्षेत्रफल बढ्दो छ। मकै खेती गरिने जग्गाको क्षेत्रफल घट्दो छ।

कृषि गणना २०७८ अनुसार २०६८ देखि २०७८ को अविधमा तरकारी खेती भएको जग्गामा उल्लेख वृद्धि आएको छ। ४० हजार हेक्टरबाट बढेर १ लाख ८ हजार हेक्टर पुगेको छ। नेपालमा सबैभन्दा बढी तरकारी खेती हुनेमा बागमती प्रदेश र जिल्लामा चितवन रहेको छ।

कृषि गणना २०७९ अनुसार मकै बालीको क्षेत्रफल २०६८ अनुसार ६ लाख ७४ हजार हेक्टर रहेको थियो। तर २०७८ मा आइपुग्दा मकै खेती गरिने जग्गा घटेर ५ लाख ६० हजार हेक्टरमा आइपुगेको हो। मकै खती बढी गरिने प्रदेश कोशी र जिल्ला झापा रहेको छ। 


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend