शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वर्षभर खान नपुग्ने कृषकको संख्या ५५ प्रतिशत, जसमा ६० प्रतिशतले ज्याला मजदूरी गरेर गुजारा चलाउँदै

५ प्रतिशत कृषकले ऋण लिएर टार्छन् गर्जो

बिहीबार , भदौ २१ २०८०
वर्षभर खान नपुग्ने कृषकको संख्या ५५ प्रतिशत, जसमा ६० प्रतिशतले ज्याला मजदूरी गरेर गुजारा चलाउँदै

१८ प्रतिशत परिवारले देशबाहिर गएर मजदूरी गरेर आफ्नो खाद्यान्नको आवश्यकता पूरा गर्ने गरेका छन्।

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले 'कृषि गणना २०७८' सार्वजनिक गरेको छ। उक्त गणनाले वर्षभर खान नपुग्ने कृषकको संख्या ५५ प्रतिशत रहेको देखाएको छ। कृषि कर्मबाट वर्षभरी खान नपुग्ने कृषक परिवारको संख्या २२ लाख ७४ हजार रहको छ।

अघिल्लो कृषि गणना २०६८ मा 'वर्षभर परिवारलाई खान पुगेन' भन्ने कृषक परिवारको संख्या ६० प्रतिशत रहेको छ। १० वर्षमा वर्षभर खान नपुग्ने कृषकको संख्या ५ प्रतिशत बिन्दुले मात्रै घटेको छ।
 
वर्षभरी खान पुगेन भन्ने परिवारमध्ये पनि ४७ प्रतिशतले ४ देखि ६ महिनासम्म खाना नपुग्ने कृषक परिवार रहेका छन्। ३ महिना पनि खाना अपर्याप्त भयो भन्रे कृषकको संख्या २४ प्रतिशत रहेको छ।

गत कृषि गणनामा ६ महिनामात्रै खाना पर्याप्त हुने कृषकको संख्या ४४ प्रतिशत र ३ महिना पनि खाना नपुग्ने कृषक परिवारको संख्या १८ प्रतिशत रहेको थियो। 

खाना नपुगेका कृषकमध्ये ६० प्रतिशतले देशभित्र ज्याला मजदूरी गरेर खाद्य अभावको गर्जो टार्ने गरेको गणनाले देखाएको छ। यस्तै १८ प्रतिशत परिवारले देशबाहिर गएर मजदूरी गरेर आफ्नो खाद्यान्नको आवश्यकता पूरा गर्ने गरेका छन्।

यसैगरी १० प्रतिशतले आफ्नै गैरकृषि व्यवसायबाट र ५ प्रतिशतले ऋण लिएर गर्जो टार्ने गरेको कृषि गणनामा उल्लेख गरिएको छ।

नेपालमा ३९ लाख ९९ हजार परिवारले कृषिमा आधारित रहेको कृषि गणनाले देखाएको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend