शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आलु खेती गर्ने कृषकको संख्या बढ्दो, क्षेत्रफल भने घट्दो

बिहीबार , भदौ २१ २०८०
आलु खेती गर्ने कृषकको संख्या बढ्दो, क्षेत्रफल भने घट्दो
फाइल तस्बिर

पछिल्लो दश वर्षमा ७ हजार हेक्टर घटेर ९९ हजार हेक्टरमा मात्रै आलु खेती हुने गरेको कृषि गणना २०७८ मा उल्लेख छ।

काठमाडौं- आलु खेती गर्ने कृषकको संख्या तीन दशकमा ७ लाख ३५ हजारबाट बढेर १७ लाख ७८ हजार पुगेको छ। कृषि गणना २०७८ अनुसार नेपालमा आलु खेती गर्ने किसानको संख्यामा ठूलो मात्रामा वृद्धि भएको छ।

२०६८ को कृषि गणनाअनुसार नेपालमा आलु खेती गर्ने कृषकको संख्या १६ लाख ४० हजार रहेको थियो। आलु खेती गर्ने कृषकको संख्या बढेपनि खेती गर्ने जमिनको क्षेत्रफल भने घटेको हो।

दश वर्षमा ७ हजार हेक्टर घटेर ९९ हजार हेक्टरमा मात्रै आलु खेती हुने गरेको कृषि गणना २०७८ मा उल्लेख छ। सबैभन्दा बढी आलु खेती हुने प्रदेश कोशी र सबैभन्दा बढी काभ्रे जिल्लामा उत्पादन हुने गरेको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend