शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाँझो जग्गा दोबर बढ्यो

बिहीबार , भदौ २१ २०८०
बाँझो जग्गा दोबर बढ्यो

खेती भइरहेको तर अहिले खेती नभएको जग्गालाई अस्थायी बाँझो जग्गाको रुपमा परिभाषित गरिएको छ। 

काठमाडौं- पछिल्लो १० वर्षमा जग्गा बाँझो हुने क्रममा तीव्र विस्तार भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि गणनाअनुसार कुल खेती हुने जग्गा बाँझो हुने क्रम बढेको छ।

गणनाअनुसार अहिले नेपालमा २२ लाख १८ हजार हेक्टरमा खेती हुँदै आएको छ। अथवा खेतीयोग्य जग्गा २२ लाख १८ हजा हेक्टर छ। 

यस्तो जग्गामध्ये ६० हजार हेक्टर बाँझो अर्थात् खेती हुन छाडेको छ। १० वर्षअघिको तुलनामा यो दोबर बढी हो। खेती भइरहेको तर अहिले खेती नभएको जग्गालाई अस्थायी बाँझो जग्गाको रुपमा परिभाषित गरिएको छ। 

त्यस्तै पोखरीको संख्या तीन गुणा बढेर १३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ भने स्थायी बाली लगाउने जग्गाको क्षेत्रफल पनि घटेको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend