आइतबार, असोज ६ गते २०८१    
images
images

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टले खुलायो आईपीओ, प्रतिकित्ता ५० रुपैयाँ

images
बिहीबार , भदौ २१ २०८०
images
images
सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टले खुलायो आईपीओ, प्रतिकित्ता ५० रुपैयाँ

कम्पनीको आईपीओमा न्यूनतम २० र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

images
images

काठमाडौं- पहिलो चरणको आईपीओ बाँडफाँटपछि हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

images
images
images

कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ५० रूपैयाँका दरले आईपीओ निष्कासन गरेको हो। १२ करोड १३ लाख ८७ हजार ५०० रूपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम २० र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

images

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रूपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रूपैयाँ बराबरको प्रतिकित्ता ५० रूपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ४६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ। 

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रूपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५०० रूपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरिसकेको छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend